logo

२०८२ जेष्ठ ३२ शनिबार

logo
  • शनिबार, ३२ जेष्ठ २०८२
  • मिस नेपाल २०२४ को पोखरा अडिसन सकियो

    733Shares
    मिस नेपाल २०२४ को पोखरा अडिसन सकियो

    काठमाडौं । मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको छ । अडिसनमा ६ जना युवतीले भाग लिएको द हिडन ट्रेजरले जनाएको छ ।

    संस्थाका निर्देशक दिवाकर राजकर्णिकार, प्रमोद कंसाकार, मिस नेपाल सृच्छा प्रधान र मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ अडिसनमा जजको रुपमा सहभागी थिए । यो अडिसनमा छनोट हुनेले मे १८ शनिबार काठमाडौंमा हुने अन्तिम अडिसनमा भाग लिनेछन् ।

    बाँकी क्षेत्रीय अडिसनको आयोजना २२ अप्रिलमा नेपालगञ्ज, २४ अप्रिलमा सुर्खेत, २८ अप्रिलमा वीरगञ्ज, ५ मेमा बिर्तामोड, ७ मेमा इटहरी, १२ मेमा भैरहवामा हुँदैछ । गत साता चितवनको भरतपुरबाट क्षेत्रीय अडिसन सुरु भएको थियो ।

    अहिले आवेदन चलिरहेको छ । १४ मे (जेठ १ गतेसम्म) इच्छुक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । अडिसनबाट छनोट भएकाले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । आगामी अगस्ट ३ मा गोदावरीको सनराइज कन्भेसन सेन्टरमा फिनाले आयोजना हुँदैछ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख ५, बुधबार १४:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट