logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

    1.1KShares
    बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

    काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो । घरमै उपचारत रहेका धर्मेन्द्रको आजै दिउसो १ बजे निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । धर्मेन्द्र केही समयदेखि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उमेरसँग सम्बन्धित रोगका कारण अस्पताल भर्ना भएका थिए । त्यसपछि उनको घरमै उपचार भइरहेको थियो ।

    यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायतका आर्यघाट पुगेका छन् ।अहिले धर्मेन्द्रको अन्तेष्टिको लागि मुम्बईको भी विले पार्लेस्थित शमशानघाटमा लागिएको छ र परिवारका सदस्यसहित कैयौं बलिवुड सेलिब्रेटी शमशानघाट पुगिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

     



    फास्ट न्युज    
  • २०८२ मंसिर ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट