logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • कांग्रेस निकट पुर्व बिधार्थीहरुको उपत्यकामा भेला आयोजना

    कांग्रेस निकट पुर्व बिधार्थीहरुको उपत्यकामा भेला आयोजना

    1.1K
    SHARES
    कांग्रेस निकट पुर्व बिधार्थीहरुको उपत्यकामा भेला आयोजना

    नेपाल बिधार्थी संघमा लामो समय काम गरेका भुतपुर्व बिधार्थीहरुले उपत्यकामामा एक भेलाको आयोजना गरेको छ।
    मुलुकको राजनीति अराजकता तिर गैरहेको अवस्थामा आफुले काम गरेको र आस्था राखेको पार्टी नेपाली कांग्रेसले राजनीतिक सुधारका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने निस्कर्ष भेलाले निकालेको छ। यसको लागि पार्टीको घेरा साघुरो नवनाई सबै अट्ने कांग्रेसको घर निर्माण गर्नुपर्ने सहभागी नेताहरुको भनाई रहेको उपस्थित एक नेताले बताए । नेपाल बिधार्थी संघको पृष्ठभूमि बाट राजनीति सुरु गरेर विबिन्न नेतृत्वदायी पदमा काम गरेका नेताहरुलाई आज पार्टीले उचित अवसर दिन नसकेको भन्दै पार्टी नेतृत्वले ध्यान दिनुपर्ने सहभागिहरुको भनाई थियो।




    पार्टीको लागि जीवनका महत्त्वपूर्ण समय खर्चेका तत्कालीन बिधार्थी नेताहरु आज पार्टीको मुल जिम्मेवारीबाट टाढीदै गएको अवस्थामा पार्टी भित्र गैर राजनैतिक ब्याक्तीहरुको बाक्लो उपस्थितिले पार्टी झन कमजोर हुने उनिहरुको निस्कर्ष छ।
    अहिलेको पार्टी नेतृत्वमा केही अग्रज नेताहरु भए पनि अधिकांस नेताहरु तत्कालीन बिधार्थी राजनितीका सहकर्मीहरु भएको अवस्थामा पार्टी कमजोर हुदा भावि पुस्ताले कांग्रेसलाई पछ्याउने विस्वासीलो आधार भत्किदै गएको प्रति सहभागीहरुले चिन्ता समेत ब्याक्त गरेका थिए। यसको लागि पार्टी भित्र गुटबन्दी नगरि सबै नेता कार्यकर्ताको आत्मसंमान र उचित व्यवस्थापनको वातावरण निर्माण गर्नुपर्ने उनिहरुको भनाइ रहेको छ।


    “यो भेला कुनै गुट उपगुटको नभई नेपाली कांग्रेसको इमान्दार कार्यकर्ता तथा पुराना साथिहरुको पुनरमिलन र वनभोजको रुपमा आयोजना गरिएको हो” कार्यक्रम संयोजक तथा पाटन संयुक्त क्याम्पसका पुर्व स्ववियु सभापति केदारमान सिंह बस्नेतले वताउनु भयो।
    उहाले भन्नू भयो-” म स्ववियु सभापति भएको २५ वर्ष भन्दा बढी भयो। म भन्दा धेरै अग्रज बिधार्थी नेताहरू र म संगैका सहकर्मी नेता साथीहरू संग सम्बन्धको पुनर्ताजगी गर्ने हाम्रो उदेश्य हो। यसमा सामन्य राजनीतिक बिषयको चर्चा र बहस स्वभाविक छ।”
    ललितपुरको सिकाली चौरमा आयोजना गरिएको भेलामा पार्टीको केन्द्रीय सदस्यहरुलाई बोलाएको थिएन । भेलामा प्राध्यापक, डाक्टर , वकिल, इन्जिनियर लगाएत विभिन्न पेसामा आवद्ध र केही सांसदहरुको पनि सहभागी रहेको थिय।

     


    फास्ट न्युज
  • शनिबार, २२ बैशाख २०८१
  • सम्बन्धित समाचार