logo

२०८३ आश्विन २३ शुक्रबार

logo
  • २०८३ आश्विन २३ शुक्रबार
  • दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति ९ बजेदेखि नै नयाँ बसपार्कमा यात्रुको लामो लाइन

    730Shares
    दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति ९ बजेदेखि नै नयाँ बसपार्कमा यात्रुको लामो लाइन

    काठमाडौँ — महान् चाड दसैँमा घर जाने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो र सहजै पाइने आशमा सयौँ सर्वसाधारणहरू गएरातिदेखि नै काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउन्टर अगाडि लामो लाइनमा बसेका छन्।
    नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार विशेष गरी सुदूरपश्चिमका जिल्लाहरू जाने यात्रुहरू बिहीबार राति ९ बजेदेखि नै काउन्टर अगाडि लाइनमा लागेका थिए। रातिदेखि नै लाइन बस्ने यात्रुहरूको चापलाई मध्यनजर गर्दै यातायात व्यवसायी र सुरक्षाकर्मीले रातिदेखि नै व्यवस्थापन मिलाएका थिए।

    चाडपर्वमा घर फर्किने यात्रुहरूको चाप र सहजताका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, उपभोक्तावादी संघसंस्था तथा यातायात व्यवसायी र मजदुर सङ्गठनबीच गत मङ्गलवार (असोज २० गते) बसेको संयुक्त बैठकले आज (असोज २३ गते) देखि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको थियो  ।

    १५ वटा थप काउन्टर, सुरक्षा व्यवस्था कडा
    यात्रुको अत्यधिक चापलाई व्यवस्थापन गर्न र टिकट काट्ने प्रक्रियालाई छरितो बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा नयाँ टिकट काउन्टर थप गरेको छ। चाडबाडका बेला हुन सक्ने कालोबजारी, बढी भाडा असुली र पाकेटमारी जस्ता घटनाहरू रोक्नका लागि बसपार्क क्षेत्रमा सादा पोसाकका प्रहरीसहित आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ। साथै, यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरी र विभागले विभिन्न स्थानमा सहायता कक्ष (Help Desk) समेत सञ्चालनमा ल्याएका छन्।



    फास्ट न्युज    
  • २०८३ आश्विन २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट