logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • मन्त्रालयले विज्ञ र सरोकारवाला संग परामर्श गरेर वैज्ञानिक र जीवन उपयोगी कानुन निर्माण गर्छ: राज्यमन्त्री विक

    मन्त्रालयले विज्ञ र सरोकारवाला संग परामर्श गरेर वैज्ञानिक र जीवन उपयोगी कानुन निर्माण गर्छ: राज्यमन्त्री विक

    2.2K
    SHARES
    मन्त्रालयले विज्ञ र सरोकारवाला संग परामर्श गरेर वैज्ञानिक र जीवन उपयोगी कानुन निर्माण गर्छ: राज्यमन्त्री विक

            काठमाडौं , वन तथा वातावरण राज्यमन्त्री रुपा विक पोखरेलले सामुदायिक वन र समुदाय बिचको सम्बन्ध महत्त्वपूर्ण रहेको बताउनु भयो।
    वन जंगल वा वनस्पति विना मानव जीवनको कल्पना गर्न नसकिने भन्दै, तर यसको संरक्षण र उपभोग भने समुदायमा सन्तुलित हुनपर्ने बताउनु भएको छ।



    भक्तपुरको चागुनारायणमा नगरपालिका वडा नं २ ले संचालन गरेको ‘समुदायको लागि दुई घण्टा´ अभियानको समापन समारोहमा वृक्षारोपण पछि संवोधनको क्रममा प्रमुख अतिथि विकले उक्त कुरा बताउनु भएको हो।
    उहाले भन्नू भयो ” यो अभियानको समापन हैन। सुरुवात भएको छ। यसको निरन्तरता र अभियान प्रत्येक समुदाय र क्षेत्रमा आवश्यक छ।”
    उहाले वन मन्त्रालयले र वन मन्त्रीको रुपमा गर्नुपर्ने थुप्रै कामहरु रहेको र त्यसलाई अध्यान, अनुशन्धान र सरोकारवालाहरु संग परामर्श गरेर वैज्ञानिक र जीवन उपयोगी कानुन निर्माणमा लाग्ने पनि वताउनु भयो।

    अभियान अन्तरगत यो वर्ष १४ सय बिरुवा रोपिएको आयोजकले जानकारी गराएको छ, भने अभियानमा महत्त्वपूर्ण सहयोग र सहभागिता जनाउने व्यक्तित्वहरुलाई राज्यमन्त्री विकले सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो।


    फास्ट न्युज
  • शुक्रबार, १४ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट