logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • युवा बेरोजगारी र विदेश पलायन मुलुकको वर्तमान समस्या- बिद्वान गुरुङ

    958Shares
    युवा बेरोजगारी र विदेश पलायन मुलुकको वर्तमान समस्या- बिद्वान गुरुङ

              खोटाङ । नेपाल तरुण  दलका केन्द्रीय अध्यक्ष बिद्वान गुरुङले अहिले मुलुकमा युवाहरुको विदेश पलायन र बेरोजगारी जस्ता समस्या रहेको  बताउनु भएको छ। नेपाल तरुण दलको कोशी प्रदेश भित्रका केन्द्रीय सदस्यहरु र जिल्ला अध्यक्षहरुको दुईदिने भेलाको उद्वघाटन गर्ने क्रममा प्रमुख अतिथि समेत रहनुभएका गुरुङले  उक्त कुरा बताउनु भएको हो।


    उहाले भन्नुभयो “युवाहरु विदेश पलायन र बेरोजगारी
    अहिलेको हाम्रो समस्या र चुनौती रहेको हुदा,  युवाको विदेश पलायन र वेरोजगारी समस्या समाधानको लागि तरुण दलले सोच्नुपर्ने बेला आएको छ।”

    कार्यक्रमलाई संवोधन गर्ने क्रममा अध्यक्ष गुरुङले कोशी प्रदेश धार्मिक सास्कृतिक महत्व संगै राजनितीक महत्व र ईतिहास बोकेको प्रदेश रहेको बताउनु भयो। उहाले हिजो पार्टीको नेताहरुले गरेको त्याग, बलिदान र संघर्ष बाट पाठ सिकेर अब तरुण दललाई जनताको पक्षमा उभ्याउनुपर्ने भन्दै ” जहाँ विपत, त्याँहा तरुण ” भन्ने तरुणको नारालाई व्यवहार वाट स्थापित गर्नुपर्ने गरि काम गर्न तरुण नेताहरुलाई निर्देशन दिनुभयो । जसको लागि तरुण दललाई पार्टीको प्रत्येक नेतृत्वमा पुर्याउने र पुग्ने गरि काम गर्न तरुण सबैलाई आग्रह गर्नुभयो।
    कोशी प्रदेशको भोजपुर जिल्लामा आयोजना गरिएको ” हामी र हामी जस्तै युवाहरुको भविष्य र चुनौती”  विषयक दुई दिने तरुण भेला भोलि भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको ट्यामकेको चखेवा भञ्ज्याङमा वनभोज पस्चात मंसिर ३० गत्ते समापन हुने कार्यक्रम संयोजक तथा तरुण दलका केन्द्रीय सदस्य जनक घलेले जानकारी दिनुभयो।



    फास्ट न्युज    
  • २०८१ मंसिर २९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट