logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • एनपीएलमा सोमपाल कामीको विस्फोटक अर्धशतक, २७ बलमै बनाए ५० रन

    841Shares
    एनपीएलमा सोमपाल कामीको विस्फोटक अर्धशतक, २७ बलमै बनाए ५० रन

    काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सका कप्तान सोमपाल कामीले अर्धशतक प्रहार गरेका छन्। उनले बिहीबार विराटनगर किङ्सविरुद्ध २७ बलमा अर्धशतक पूरा गरेका हुन्।

    सोमपालले अर्धशतक पूरा गर्ने क्रममा दुई छक्का र चार चौका प्रहार गरे। जारी प्रतियोगितामा यो पाँचौँ अर्धशतक हो।

    यसअघि बिहीबार नै विराटनगर किङ्सका लोकेश बमले कर्णाली याक्सविरुद्ध ३२ बलमा अर्धशतक प्रहार गरेका थिए। उनी प्रतियोगितामा अर्धशतक बनाउने चौथो खेलाडी बनेका थिए।

    एनपीएलको तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीले प्रहार गरेका थिए। उनले काठमाडौं गोर्खाजविरुद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए।

    त्यसैगरी, प्रतियोगिताको दोस्रो अर्धशतक सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले बनाएका थिए। उनले पोखरा एभेन्जर्सविरुद्ध ३६ बलमा अर्धशतक पूरा गरेका थिए।

    प्रतियोगिताको पहिलो अर्धशतक भने चितवन राइनोजका डेभिड मलानले प्रहार गरेका थिए। उनले विराटनगर किङ्सविरुद्ध ४१ बलमा अर्धशतक पूरा गरेका थिए।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट