काठमाण्डाै । मैत्रीपूर्ण फुटबलमा नेपालको युवा टोली चीनको युनान युथसँग पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शनिबार भएको खेलमा युनान युथले नेपालको युवा टोलीलाई २–० गोलले हरायो ।
चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा नेपालमा रहेको चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसिज चिनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल आयोजना गरेका हुन् ।
खेलअघि दुवै देशका कलाकारले नृत्य, गायनका साथै सशस्त्र प्रहरी बलले ब्यान्ड प्रदर्शन गरेका थिए । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा दूतावासले यो दोस्रो पटक मैत्रीपूर्ण फुटबल आयोजना गरेको हो । गएको वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया