logo

२०८३ असार ३ बुधबार

logo
  • २०८३ असार ३ बुधबार
  • विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल

    730Shares
    विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल

    काठमाण्डौ – फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क जोडेको हो । फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले दुई गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरी भएकोमा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यो ।

    खेलको ६६औँ मिनेटमा माइकल ओलिसेको पासमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि ८२औँ मिनेटमा एड्रियन राबिओटको पासमा ब्राड्ली बार्कोलाले गोल थप्दै फ्रान्सको अग्रता २–० बनाए । इन्जुरी समयको पाँचौँ मिनेटमा इब्राहिम म्बायेले सेनेगलका लागि एक गोल फर्काए पनि त्यसको एक मिनेटपछि एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जित पक्का गरे ।

    यससँगै एम्बाप्पे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन् । उनले राष्ट्रिय टोलीका लागि ९९ खेलमा ५८ गोल पूरा गर्दै ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमान तोडेका हुन् । विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या १४ पुगेको छ । विश्वकप फुटबलमा अहिले बिहान पौने ७ बजे साबिक विजेता अर्जेन्टिना र अल्जेरियाले खेल्दैछन् ।



    फास्ट न्युज    
  • २०८३ असार ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट