काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियामा हुने ‘द टप इन्ड टी-२० सिरिज’ खेल्ने नेपाली टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टोलीमा कप्तान पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछने, कुशल भुर्तेल, आसिफ शेख, गुल्सन झा, सोमपाल कामी, करण केसी, आरिफ शेख, कुशल मल्ल, नन्दन यादव, ललितनारायण राजवंशी, भीम सार्की, रिजन ढकाल, लोकेश बम र रुपेश सिंह रहेका छन् ।
अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुदै छ ।
प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स, र एनटी स्ट्राइक सहभागी हुदैछन् ।अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ । त्यसपछि नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’, अगस्ट १८ मा मेलबर्न स्टार्स, अगस्ट १९ मा होबर्ट हुरिकेन्स, अगस्ट २० मा मेलबर्नसँग र अगस्ट २२ मा पाकिस्तान साहिन्सासँग प्रतिस्पर्धा गर्नेछ ।
क्यानले अस्ट्रेलियाको मैदानमा हुने प्रतिस्पर्धालाई नेपाली खेलाडीहरूका लागि ठुलो अवसरका रूपमा लिएको छ । आगामी अक्टोबरमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोट खेल्दैछ । त्यसको तयारीका लागि टप एन्ड टी–२० सिरिजलाई उपयोगी मानिएको हो ।
यसैबीच नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृंखला समेत खेल्ने तय भएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया