logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • प्रधानमन्त्री कप भलिबल आजदेखि पोखरामा सुरु हुँदै

    1.4KShares
    प्रधानमन्त्री कप भलिबल आजदेखि पोखरामा सुरु हुँदै

    काठमाडौं । नवौं संस्करणको ‘प्रधानमन्त्री कप- एनभीए महिला तथा पुरुष भलिबल क्लब लिग’ आज (बिहीबार) देखि पोखरामा सुरु हुँदैछ । नेपाल भलिबल क्लब              ( एनभीए) को आयोजनामा हुने प्रतियोगिता आगामी १५ गतेसम्म चल्नेछ ।

    प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब गरी ८ वटा टिम सहभागी छन् ।

    यस्तै महिलातर्फ एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेश गरी ६ वटा टिम सहभागी छन् ।प्रतियोगिताको विजेताले काभा भलिबल क्लब च्याम्पियनशिपमा खेल्ने मौका पाउनेछ । दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैबीच भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट