logo

२०८३ भाद्र ३० मंगलवार

logo
  • २०८३ भाद्र ३० मंगलवार
  • विश्वकपमा ब्राजिल र मोरक्को १-१ गोलको बराबरी

    985Shares
    विश्वकपमा ब्राजिल र मोरक्को १-१ गोलको बराबरी

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत न्यूयोर्क–न्युजर्सी रङ्गशालामा सम्पन्न खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

    खेलको २१औँ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। तर ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले ३२औँ मिनेटमा ब्रुनो गुमाइरेसको पासमा उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमै टुंगियो।

    विश्वकप इतिहासमा पाँच पटकको च्याम्पियन ब्राजिल सर्वाधिक सफल टोली मानिन्छ। ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप उपाधि जितेको थियो। यता मोरक्को अफ्रिकाको बलियो टोलीका रूपमा परिचित छ। सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेर मोरक्कोले इतिहास रचेको थियो।

    यस बराबरीसँगै दुवै टोलीले महत्वपूर्ण एक–एक अंक बटुलेका छन्।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ३१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट