logo

२०८३ बैशाख ३१ बिहीबार

logo
  • २०८३ बैशाख ३१ बिहीबार
  • ओलम्पिक कमिटीलाई प्रतिबन्ध लगाउन दुई तिहाई संघको माग

    1.2KShares
    ओलम्पिक कमिटीलाई प्रतिबन्ध लगाउन दुई तिहाई संघको माग

    काठमाडौं। नेपाल ओलम्पिक कमिटी ९एनओसी० मा आबद्ध रहेका दुई तिहाई संघले नै ‌ओलम्पिक कमिटीलाई प्रतिबन्ध लगाउन माग गरेका छन् ।नेपाली खेलकुदमा देखिँदै आएको पछिल्लो विवादमा नयाँ ट्वीस्ट थपिएको छ ।

    जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई सरकारले यसअघि नै अवैध भनिसकेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जीवनराम श्रेष्ठको अहिलेको कार्यसमिति अवैधानिक भएको भन्दै यो कमिटीमार्फत कुनै काम नगर्ने बताइसकेका छन् ।
    एनओसीमा आबद्ध दुई तिहाई खेल संघले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बिहीबार सिंहदरबारमा भेट गरी नेपाल ओलम्पिक कमिटीको गतिविधि र आर्थिक क्रियाकलापमाथि प्रतिबन्ध लगाउन र छानबिन गर्न माग गरेका हुन् ।

    नेपाल फेन्सिङ संघका अध्यक्ष, नेपाल ट्रायथलन संघका अध्यक्ष, नेपाल हक्की संघका अध्यक्ष अल नेपाल फुटबल संघका अध्यक्ष, नेपाल भलिबल संघका अध्यक्ष, नेपाल तेक्वान्दो संघका अध्यक्ष, नेपाल बक्सिङ संघका अध्यक्ष, नेपाल एथ्लेटिक्स संघका संयोजक, नेपाल जिम्नास्टिक संघका संयोजक, नेपाल सुटिङ संघका अध्यक्ष, नेपाल रेसलिङ संघका अध्यक्ष, नेपाल कब्बडी संघका महासचिव, नेपाल घोडचढी संघका अध्यक्ष, नेपाल बास्केटबल संघका महासचिव, नेपाल ह्याण्डबल संघका संयोजक, नेपाल टेबल टेनिस संघका अध्यक्ष, नेपाल स्विमिङ संघका अध्यक्ष, नेपाल उसु संघका अध्यक्ष, नेपाल ब्याडमिनटन संघका संयोजक, नेपाल साईक्लिङ संघका संयोजक, नेपाल भारतोलन संघका संयोजक, नेपाल टेनिस संघका संयोजक संयुक्त रुपमा ज्ञापन पत्र बुझाइएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार १३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट