logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • आइपीएलमा राजस्थानलाई लखनउले हरायो

    958Shares
    आइपीएलमा राजस्थानलाई लखनउले हरायो

    काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार राजस्थान रोयल्समाथि जित निकालेको छ । राजस्थानलाई २ रनले हराउँदै लखनउले पाँचौं जित निकालेको हो । लखनउले दिएको १८१ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो ।

    अन्तिम ओभरमा ९ रन आवश्यक रहँदा लखनउका बलर आवेश खानले ६ रन मात्र खर्चेर शिम्रोन हेटमायरको विकेट लिएका थिए । २४ बलमा ३३ रन आवश्यक हुँदा ८ विकेट पनि बाँकी रहेको राजस्थानले त्यसपछि निरन्तर विकेट गुमाएको थियो ।

    ओपनर यशश्वी जैसवालले सर्वाधिक ७४ तथा कप्तान रियान परागले ३९ र वैभव सुर्यवंशीले ३४ रन बनाए । यसैगरी शिम्रोन हेटमायरले १२ रन बनाए । लखनउका आवेश खानले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुर र एइडेन मार्क्रमले १(१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो । एइडेन मार्क्रमले सर्वाधिक ६६ तथा आयुष बदोनीले ५० रन बनाए । अब्दुल समदले ३० रन बनाए । उनले इनिङको अन्तिम ओभरमा सन्दीप शर्मालाई ४ छक्का हिर्काए । राजस्थानका वानिन्दु हसरङ्गाले २ विकेट लिँदा जोफ्रा आर्चर, सन्दीप शर्मा र तुषार देशपाण्डेले १(१ विकेट लिए ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट