logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • नेपाल कबड्डी लिग आजदेखि सुरु हुँदै

    913Shares
    नेपाल कबड्डी लिग आजदेखि सुरु हुँदै

    काठमाण्डौ | नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज कबड्डी, नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि शुरू हुँदैछ ।

    दशरथ रङ्गशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको उद्घाटन खेलमा  काठमाण्डौ माभरिक्स र पोखरा लेकर्स खेल्दैछन् । खेल बेलुका साढे ६ बजे शुरू हुने छ ।

    काठमाडौँको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका कप्तान घनश्याम रोकामगर छन्। एनकेएलमा आबद्ध थाइल्यान्डका दुई र बङ्गलादेशका एक खेलाडीसँग पनि भारतमा भएको प्रो कबड्डी लिग खेलेको अनुभव छ।  विराटनगर ब्यान्डिटका प्रशिक्षक लोकबहादुर विष्टले आफ्नो टिममा रहेका घरेलु खेलाडीमध्ये धेरैले राष्ट्रिय टिमबाट खेलिरहेको र विदेशमा विश्वकप खेलेका खेलाडी रहेको बताए।

    जनकपुरको प्रशिक्षकमा पार्वती राई र मार्कीमा रामु टमाटा छन् । विराटनगरको मार्कीमा कल्याण भुजेल र प्रशिक्षकमा लोकबहादुर विष्ट, धनगढीको मार्कीमा पदमबहादुर विष्ट र प्रशिक्षकमा महेश बोहरा, हिमालयनको मार्कीमा गणेशबहादुर पार्की तथा प्रशिक्षकमा सन्दीप पन्त र भारतका पोल्थुगान्ती सतीशकुमार रहेका छन् । सतीशकुमार भारतीय प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् ।

    थाइल्याण्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् ।  अन्य टोलीको मार्की खेलाडीमा विराटनगरमा कल्याण भुजेल, हिमालयनमा गणेश पार्की छन्। विराटनगरले लोकबहादुर विष्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् । हिमालयन रेइडर्सले दुई जना प्रशिक्षकका रूपमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमारलाई राखेको छ। भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन्। हिमालय रेइडर्सले करिव २२ दिन भारतको कोलापुरमा प्रशिक्षण गरेको थियो।



    फास्ट न्युज    
  • २०८१ माघ ४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार