logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • अर्जुन ट्रफी क्रिकेट : बुटवललाई हराउँदै काठमाण्डौकाे पहिलाे जीत

    979Shares
    अर्जुन ट्रफी क्रिकेट : बुटवललाई हराउँदै काठमाण्डौकाे पहिलाे जीत

    काठमाण्डाै – अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटमा क्रिकेट एक्सलेन्स सेन्टर काठमाण्डौले पहिलो जीत हात पारेको छ । काठमाण्डौले न्यु होराइजन बुटवललाई ६ विकेटले हरायो । बुटवलले दिएको १ सय १ रनको लक्ष्य काठमाण्डौले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । काठमाण्डौका शुभ कन्साकरले नटआउट ५६ रन बनाए । बुटवलका तुलबहादुर थापाले २ विकेट लिए ।

    यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवलले २० ओभरमा ९ विकेट गुमाएर १ सय रन बनायो । बुटवलका प्रतीक श्रेष्ठले ३७ रन बनाए । काठमाण्डौका राज शाह र सूर्य तामाङले ३/३ विकेट लिए ।यो जीतसँगै काठमाण्डौ २ खेलमा २ अङ्कसहित समूह ‘बी’ को तेस्रो स्थानमा छ । बुटवल २ खेलमा २ अङ्कसहित दोस्रो स्थानमा छ । प्रतियोगितामा अहिले समूह ‘ए’ का बोस्टन क्रिकेट झापा र घोडाघोडी–११ सुख्खड खेलिरहेका छन् ।

    प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।



    फास्ट न्युज    
  • २०८१ माघ २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट