logo

२०८३ कार्तिक २४ सोमबार

logo
  • २०८३ कार्तिक २४ सोमबार
  • दीपावलीले झपक्कै ढाकियो काठमाडौं उपत्यका, तिहारको रौनक उत्कर्षमा

    712Shares
    दीपावलीले झपक्कै ढाकियो काठमाडौं उपत्यका, तिहारको रौनक उत्कर्षमा

    काठमाडौं । तिहारको मुख्य दिन लक्ष्मीपूजासँगै काठमाडौं उपत्यका दीपावलीको उज्यालोमा झकिझकाउ बनेको छ। आइतबार (कात्तिक २२) साँझ घर, पसल र व्यापारिक प्रतिष्ठानमा बालिएका रंगीचंगी बत्तीले उपत्यकाका सहर तथा बस्तीहरूलाई उत्सवमय बनाएका छन्।

    धनधान्य र समृद्धिकी देवी लक्ष्मीको स्वागत गर्दै सर्वसाधारणले घरआँगनदेखि छत र झ्यालसम्म आकर्षक बत्तीले सजाएका छन्। साँझ ढलेसँगै सुरु भएको दीपावलीले काठमाडौंका मुख्य सडक, बजार र आवासीय क्षेत्रलाई झिलिमिली बनाएको छ।

    लक्ष्मीपूजाका अवसरमा घरका मूलढोकामा दीप प्रज्ज्वलन गर्ने, रंगोली बनाउने, लक्ष्मीका पाइला अंकित गर्ने तथा फूलमालाले घर सजाउने परम्परा पनि उत्तिकै उत्साहका साथ मनाइएको छ। धन र समृद्धिको कामना गर्दै घरघरमा लक्ष्मीको पूजा–आराधना गरिएको छ।
    तिहारको सांस्कृतिक र धार्मिक महत्व झल्काउने दीपावलीले उपत्यकामा छुट्टै रौनक थपेको छ।

    विद्युत् बत्ती र परम्परागत दीपको उज्यालोले काठमाडौंका बस्तीहरूलाई आकर्षक बनाउँदा लक्ष्मीपूजाको दिन उल्लासमय बनेको छ। 

     



    फास्ट न्युज    
  • २०८३ कार्तिक २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट