काठमाडौँ । कीर्तिपुरमा मृत फेला परेका कागमा बर्डफ्लु पुष्टि भएको छ ।कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिभुवन विश्वविद्यालय परिसरमा ६८ काग मृत फेला पारेको थियो ।
ती मध्ये १० वटामा परीक्षण गर्दा बर्डफ्लु भेटिएको हो । ”त्यहाँ अझै मरेका काग भेटिएका छन् । मरेका सबै काग संकलन गर्न कसिएको छैन,” नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले बताइन् ।मरेका कागमा एचफाइभ एन वान र एच नाइन दुवै भाइरस देखिएको पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले बताए ।नगरपालिकाले मरेका ६८ कागलाई पुरेको छ । कागमा बर्डफ्लु पुष्टिपछि कुखुरा तथा दाना ओसारपसार नगर्न नगरपालिकाले सार्वजनिक सूचना समेत जारी गरेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया