logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • कस्तो छ आजको देशको मौसम ?

    934Shares
    कस्तो छ आजको देशको मौसम ?

    काठमाडौं। देशका केही स्थानमा आज वर्षाको सम्भावना छ ।मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । राति कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव रहेको छ । यी स्थानबाट मनसुन प्रणाली बाहिरिएको छ । मनसुन प्रणाली बाहिरिए पनि पश्चिमी वायुका कारण यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।विभागले जनाए अनुसार बाँकी प्रदेशका भूभागमा मनसुनी वायु रहेको छ । तर, त्यसको कमजोर प्रभाव रहेको छ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २१, मंगलवार ०२:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार