logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकी : संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

    871Shares
    प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकी : संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

    काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ ।

    आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो ।

    आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरेका थिए । उनले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिए ।

    मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उल्लेख गरे ।

    आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था छ ।

    सो केन्द्रले आवश्यक सूचना लिने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने जनाइएको छ ।



    फास्ट न्युज    
  • २०८२ माघ १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट