काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज रहेको बताएका छन् ।मंगलबार पार्टीक केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यी संघसंस्थाहरूमा सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुद हुनुपर्छ भन्ने पनि आवाज छ,’ सभापति देउवाले भने ।
गैरसरकारी संस्थाले परियोजना छनोट गर्दा स्थानीयको चाहना र आवश्यकतालाई ख्याल गर्नुपर्ने उनले सुझाए । ‘हाम्रा हिमालहरू नांगिन थालेका छन् । गैरसरकारी संस्थाहरूले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि व्यक्तिगत पहल गर्न आवश्यक छ,’ सभापति देउवाले भने ।
एउटै कार्यक्रममा दोहोरो खर्च गर्ने प्रवृति पनि अन्त्य गर्न आवश्यक रहेको उनले सुझाए । जलवायु परिवर्तनले धेरै असर पारेकाले यसमा सबैको ध्यान पुग्नुपर्ने उनको आग्रह छ ।पार्टीले वैदेशिक सहायतालाई स्थानीयको चाहना र आवश्यकता अनुसार परिचालन गर्नुपर्ने नीति लिँदै आएको र यसले नै निरन्तरता पाउने सभापति देउवाले बताए । आर्थिक समृद्धि र विकासमा योगदान पुर्याउने गरी वैदेशिक साहायता लिनुपर्ने र लिइने सभापति देउवाको प्रतिवद्धता छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया