logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • एक महिने स्वयम्भू मेलाको आकर्ष बढ्दो, दुई लाखले गरे अवलोकन

    1.1KShares
    एक महिने स्वयम्भू मेलाको आकर्ष बढ्दो, दुई लाखले गरे अवलोकन

    काठमाडौँ, ७ भदौस् स्वयम्भूमा जारी एकमहिने मेलामा हालसम्म करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्रशुक्ल प्रतिपदासम्म लाग्ने एकमहिने ९गुँला० पर्वका अवसरमा उक्त सङ्ख्यामा भक्तजनले मन्दिर दर्शन गरेका हुन् ।

    नेवार समुदायका बौद्ध धर्मावलम्बीले उक्त समयमा स्वयम्भू चैत्यको दर्शन गर्ने चलन छ । नेपाल सम्वतको नौ महिनामा पर्ने गुँला पर्वमा विभिन्न प्रकारका बाजा बजाउँदै स्वयम्भू चैत्यको पूजाआजा गर्नाले दिवङ्गत पितृको बैकुण्ठवास हुने विश्वास रहेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले बताउनुभयो ।

    मेलामा काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट धर्मावलम्बीले मेलामा सहभागिता जनाउने गरेका छन् । स्वयम्भूनाथ चैत्यको दर्शनपछि भक्तजनहरु बाजागाजासहित स्थानीय विजेश्वरी, शोभा भगवतीलगायत स्थानमा परिक्रमा तथा दर्शन गर्छन् ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट