logo

२०८३ श्रावण १८ सोमबार

logo
  • २०८३ श्रावण १८ सोमबार
  • देशभर ७८ प्रतिशत बढी भूभागमा रोपाइँ भएको पछिल्लो तथ्यांक

    1.1KShares
    देशभर ७८ प्रतिशत बढी भूभागमा रोपाइँ भएको पछिल्लो तथ्यांक

    काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष आइतबारसम्म देशभर ७८ दशमलव ८४ प्रतिशत धान रोपाइँ भएको जनाएको छ । मन्त्रालयकाअनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत, बागमती प्रदेशमा ८७.१९ प्रतिशत भूभागमा रोपाइँ भएको छ ।

    त्यसैगरी गण्डकीमा ८.५३ प्रतिशत, लुम्बिनीमा ९२.०४ प्रतिशत कर्णाालीमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

    गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । यो वर्ष मधेस प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण गत वर्षको तुलनामा हालसम्म कम क्षेत्रमा रोपाइँ भएको हो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट