logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • दशैँ बिदापछि नेप्से १ सय ६० अङ्कले घट्याे

    907Shares
    दशैँ बिदापछि नेप्से १ सय ६० अङ्कले घट्याे

    काठमाडौँ । सेयर बजार परिसूचकमा आज पनि उच्च गिरावट आएको छ ।आइतबार नेप्से ७८.८३ अंकले घटेर नेप्से २५०३.३५  विन्दुमा पुगेर रोकिएको छ । कारोबारको सुरुवातदेखि नै उच्च अङ्कले घटेको बजार पहिलो २ घण्टासम्म निरन्तर घटेको थियो । यो अवधिमा झण्डै ८७ अङ्क घटेको बजारले २४ सयको लाइन छोएको थियो ।

    ९ कम्पनीको मूल्य बढ्दा २४२ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् ।

    आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनिको सेयर सबैभन्दा बढी ६.०१ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर ४.९० प्रतिशतले बढेको छ । त्यस्तै आज बुटवल पावरको शेयर मुल्य सबैभन्दा बढी ९.२७ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनिको ३८ करोड ७  लाख र एनएलजी इन्सुरेन्सको ३७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।आज सबै समूहको शेयर घटेकोमा होटल र अन्य समूहको शेयर ४ प्रतिशतभन्दा धेरै तथा फाइनान्स, जलविद्युत्, लगानी समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

    आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङस् अगाडि रहे ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २६, आईतवार १०:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार