logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसीमा पहिरो खस्दा सडक अवरुद्ध

    982Shares
    मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसीमा पहिरो खस्दा सडक अवरुद्ध

    खोटाङ । लगातार बर्षाको कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । विहिबार देखिको अविरल वर्षाका कारण करिव ३५/४० मिटर माथिबाट खसेको पहिरोको कारण सडक अबरुद्ध बनेको हो ।

    सडक खण्डको अवरोध हटाउन खोटाङ जिल्ला प्रहरीले समन्वय गरिरहेको जनाएको छ । अवरुद्ध सडक खुलाउन र जनतालाई सुचित गर्न भन्दै जिल्ला प्रहरी खोटाङले विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा भनिएको छ ” जिल्ला खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. १० बर्खेटार स्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा सडकको अं. ३५/४० मिटर माथिबाट पहिरो आई अं. १५/२० मि. सडक ढाकेकोले सडक अवरोध भएको, सडक घटनास्थलमा

    प्रहरी टोली खटी गएको,  सडक खुलाउन स्थानिय निकाय तथा सडक विभागसंग समन्वय भईरहेको र सडक बिभागकाे JCB घटना स्थल तर्फ गइरहेको व्यहाेरा जानकारी गराइन्छ।”



    फास्ट न्युज    
  • २०८१ आश्विन ११, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट