logo

२०८३ बैशाख २८ सोमबार

logo
  • २०८३ बैशाख २८ सोमबार
  • टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी, रनवे बन्द

    724Shares
    टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी, रनवे बन्द

    काठमाडौँ, वैशाख २८ गते । टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ ।

    विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो । “आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ ।”

    उहाँका अनुसार विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए । सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको थियो । बिहान यो समाचार तयार पार्दासम्म ‘अहिले प्राविधिक जाँच भइरहेको’ सिलवालले जानकारी दिनुभयो । रासस



    फास्ट न्युज    
  • २०८३ बैशाख २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट