logo

२०८३ भाद्र २६ शुक्रबार

logo
  • २०८३ भाद्र २६ शुक्रबार
  • चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार सम्हालियाे

    1.2KShares
    चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार सम्हालियाे

    काठमाडौं । अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार सम्हालिएको छ । यस दिन बजार २.०७ अंक बढ्यो । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ । कारोबार रकम ३० करोड बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको भयो ।

    कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशत बढे । विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.१३ प्रतिशत घटे ।

    दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै ङादी ग्रुप, विन नेपाल लघुवित्त र युनिभर्सल पावरको मूल्य ७ प्रतिशत बढ्यो । नेपाल हाइड्रो डेभलपर्सको ७.१२ प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ४.८५ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ४.२० प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, युनिभर्सल पावर र एचआईडीसीएल क्रमशः अगाडि रहे ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट