खोटाङ । खोटाङस्थित माथिल्लो रावाखोला जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गरी अवरोध गरेको जलविद्युत आयोजना सञ्चालनमा आएको हो ।
केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईको पहलमा बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति भएको छ । यसअघि निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएका थिए ।
जलविद्युत् आयोजनाको ड्यामबाट गएको सोमवार दिउँसो स्थानियवासीले खोलातर्फ पानी फर्काएर विद्युत् उत्पादन बन्द गराएका थिए । सर्वपक्षीय भेलामा जग्गाधनी र जलविद्युत् आयोजना सञ्चालकबीच भएको सहमति कार्यान्वयनका लागि स्थानीय रत्नबहादुर राईको संयोजकत्वमा सात सदस्यीय समन्वय समितिसमेत गठन गरेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।
रावाखोलामा फरक–फरक तीन वटा ठाउँमा जलविद्युत् आयोजना सञ्चालनमा छ । सङ्घर्ष समितिका संयोजक माइतीराज राईले तीनवटै जलविद्युत् आयोजनाको कम्पनीले जग्गाधनीलाई क्षतिपूर्ति नदिएको बताउनुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया