logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • गरिमा र महालक्ष्मी विकास बैंकद्वारा थ्रीडी सेक्युर एसीएस सेवा सुरु

    937Shares
    गरिमा र महालक्ष्मी विकास बैंकद्वारा थ्रीडी सेक्युर एसीएस सेवा सुरु

    काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कमर्स कारोबारका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसेसमा आबद्ध भई थ्रीडी सेक्युर एसीएस सेवा सुरु गरेका छन् ।

    उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका कार्ड होल्डरहरूले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् । उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्ड होल्डरहरूले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सुचारु गर्नुपर्ने हुन्छ ।

    ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेसन गर्न तथा ग्राहकले अथेन्टिकेट गर्न थ्रीडी सेक्युर एसीएस सोलुसन अत्यन्तै सुरक्षित माध्यम मानिन्छ ।बैंक र एनसीएचएलको यस पहलले बढ्दो ई-कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकलाई अनलाइन कारोबार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट