logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • अकबरे खुर्सानीमा रोगको उच्च जोखिम, किसान समस्यामा

    1KShares
    अकबरे खुर्सानीमा रोगको उच्च जोखिम, किसान समस्यामा

    भोजपुर, ७ भदौः अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा परेको हो ।

    लटरम्म फल लागेका बोटमा रोग देखिएपछि धेरै किसान खुर्सानी उखालेर फाल्न बाध्य भएका छन् । करिब दुई रोपनीमा लगाएको खुर्सानी रोगले नष्ट गरेपछि अन्य बाली लगाउनु परेको भोजपुर नगरपालिका–५ का किसान धनबहादुर थापाले बताउनुभयो ।

    “यस वर्ष खुर्सानीमा रोगको जोखिम बढेको छ” उहाँले भन्नुभयो, “एउटै बोटमा एकैसाथ धेरै खालका रोग देखिएपछि हामी किसान चिन्तामा परेका छौँ । फल लागेको खुर्सानी डाँठ कुहिएर मरेपछि बगान सखाप भयो, अब अन्य बाली लगाउन थालेको छु ।” थापाजस्तै व्यावसायिक रूपमा खेती गरिरहेका गाउँका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन् । स्थानीय कृषक गीता विष्टकाअनुसार खुर्सानीमा फलमा डढुवा लाग्ने, किरा लाग्ने, पात कुप्रो हुने, डाँठ कुहिने र बोट पहेँलो हुने समस्या देखिएको छ ।

    “खुर्सानीमा रोग देखिएको कारण हामी किसान समस्यामा परेका छौँ” उहाँले भन्नुभयो, “बारीमा भएका प्रायःसबै बोटमा रोग लागेको छ । बजार लैजाने अवस्थाको खुर्सानीमा रोग देखिएपछि बगान नै सखाप भएको छ । फल डढुवा लाग्ने रोगले सबैभन्दा बढी क्षति गरेको छ ।”

    रोगले क्षति पुगेको खुर्सानी किसानले उखालेर नष्ट गर्न थालेका छन् । एउटा बोटमा देखिएको रोग केही दिनमै अन्य बोटमा फैलिने गरेको किसानको अनुभव छ । करिब एक हजार ५०० बोट खुर्सानी लगाएकोमा आधाभन्दा जसो बोट रोगले पूर्ण रूपमा नष्ट भएको कृषक विष्टले बताउनुभयो । पछिल्लो समय जिल्लामा व्यावसायिक रुपमा खुर्सानी खेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । तर, रोग–किराको जोखिमले यस वर्ष उत्पादन घट्ने अवस्था रहेको किसानको अनुमान छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट