काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले दुई जना केन्द्रीय सदस्यसहित ६ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । नेवि संघले केन्द्रीय सदस्यहरु अशोक सिंह बिष्ट, विजय शाह (अनुराग), जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा र शेखर रोकायलाई कारबाही गरेको हो ।
आरआर क्याम्पस स्ववियू अनेरास्ववियुसँग मिलेर निर्विरोध गराउन भूमिका खेलेका उनीहरूलाई दुजाङले स्पष्टीकरण सोधेका थिए । अशोक सिंह विष्ट गृहमन्त्री रमेश लेखकनिकट हुन् भने अनुराग प्रकाशशरण महतनिकट हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया