logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • उपसभामुख रानाले भनिन्- सोमबार बस्ने बैठकले प्रधानन्यायाधीश पदमा राउतलाई सिफारिस गर्छ

    उपसभामुख रानाले भनिन्- सोमबार बस्ने बैठकले प्रधानन्यायाधीश पदमा राउतलाई सिफारिस गर्छ

    416
    SHARES
    उपसभामुख रानाले भनिन्- सोमबार बस्ने बैठकले प्रधानन्यायाधीश पदमा राउतलाई सिफारिस गर्छ

    काठमाडौं । आगामी सोमबार बस्ने संवैधानिक परिषद्को बैठकले घनिभूत छलफल गरेर प्रधानन्यायाधीश पदको सिफारिस गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शुक्रबार बसेको बैठक भने कुनै निर्णय नगरी सकिएको छ ।



    आगामी सोमबार बस्ने बैठकमा प्रधानन्यायाधीश पदको विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने गरि आजको बैठक सकिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिनु भयो ।

    पहिलो दिनको बैठकमै पर्याप्त छलफल नगरि निर्णय गर्दा जनतासमक्ष राम्रो सन्देश नजाने भएकाले ३१ गते सोमबार घनिभूत छलफल गरेर प्रधानन्यायाधीशको नियुक्तिकोे सिफारिस सम्बन्धमा निर्णय गरिने रानाको भनाइ छ ।

    पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंह राउतको नाममाथि छलफल बढी केन्द्रित बनेको उहाँले बताउनु भयो । ‘उहाँको नाममा लगभग सहमति छ । तर, आजै हतारमा निर्णय नगरौँ भन्ने सल्लाह भयो । दुई दिनपछि फेरि बैठक बसेर निर्णय हुन्छ,’ उहाँले भन्नुभयो ।

    अर्कातिर, आफ्नो पद जोगाउनका लागि उपसभामुख रानाले प्रधानमन्त्री ओलीसँग गोप्यरुपमा आग्रह गरेको बुझिएको छ ।

     


    फास्ट न्युज
  • शुक्रबार, २८ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट