logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा

    742Shares
    युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा

    काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एक्समा गरेको पोष्टमा अमेरिकाले इरानलाई ‘उचित सम्झौता’ प्रस्ताव गरिरहेको र यदि तेहरानले प्रस्तावलाई हल्का लिएमा उसले इरानका सबै पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने बताएका छन्।

    आइतबार सामाजिक सञ्जालमा पोष्ट गर्दै ट्रम्पले इरानले दुई हप्तादेखि जारी युद्धविराम सहमतिका बुँदाहरूको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ भने मध्यस्थकर्ताको अनुरोधमा आफ्नो वार्ता टोली पुनः एक पटक पाकिस्तान जाने बताएका हुन्।

    सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा गरिएको आफ्नो ताजा चेतावनीमा राष्ट्रपति ट्रम्पले अगाडी भनेका छन्, “यदि उनीहरू सम्झौताका लागि सहमत भएनन् भने इरानका लागि जे गरिनुपर्ने थियो र अमेरिकाका राष्ट्रपतिहरूले विगत ४७ वर्षदेखि गरेका थिएनन्, त्यो गर्नु मेरो सम्मानको कुरा हुनेछ। सबै ती इरानी पुल चाँडै भत्किनेछन्।”

    इरान र अमेरिकाबीच जारी गतिरोधका कारण ‘स्ट्रेट अफ हर्मुज’ आइतबार पनि अवरूद्ध गरिएको छ । तेहरानले हर्मुज जलमार्गलाई पुनः खोल्ने घोषणा शुक्रबार गरेको थियो र यसले विश्व बजारमा उत्साह बढाएको थियो। यद्यपि, शनिबार फेरि समुद्री यातायातका लागि त्यो मार्ग बन्द भएको इरानले घोषणा गरेको छ।

    अप्रिल ११ र १२ मा पाकिस्तानमा भएको उच्चस्तरीय वार्तापछि मध्यस्थताको प्रयास जारी रहँदा इरानले अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य नगरेसम्म महत्वपूर्ण समुद्री व्यापार मार्ग नखोल्ने बताएको हो।



    फास्ट न्युज    
  • २०८३ बैशाख ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट