logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • एन्फाका सहायक महासचिव जोशीले दिए राजीनामा

    1.1KShares
    एन्फाका सहायक महासचिव जोशीले दिए राजीनामा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०का सहायक महासचिव अरूणमान जोशीले राजीनामा दिएका छन् । जोशीले बुधबार एन्फा अध्यक्षलाई पत्र लेख्दै आफूले राजीनामा दिएको जनाएका हुन् ।

    एपीएफ क्लबको उजुरीमा एन्फाले थ्रीस्टार क्लबलाई ‘बी’ डिभिजनमा घटुवा गर्ने निर्णय गरेपछि आफूले नैतिकताका आधारमा राजीनामा बुझाएको जोशीको भनाइ छ ।

    यसअघि, एन्फाले २०७९–८० मा भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा भिसा नभएका विदेशी खेलाडीलाई खेलाएको पुष्टि भएको जनाउँदै एन्फाले थ्री–स्टारलाई ‘बी’ डिभिजन लिगमा घटुवा गर्ने निर्णय गरेको थियो । त्यसबेला जोशी नै थ्रीस्टारका अध्यक्ष थिए ।जोशीले अध्यक्षलाई बुझाएको पत्रमा थ्रीस्टारमाथि अन्याय भएको जनाएका छन् ।



    फास्ट न्युज    
  • २०८२ असार ११, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट