logo

२०८३ श्रावण ५ मंगलवार

logo
  • २०८३ श्रावण ५ मंगलवार
  • राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल

    766Shares
    राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल

    काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका तीनवटा समितिको बैठक आज बस्दैछ। बैठकहरूमा ऐन कार्यान्वयनको प्रभावकारिता, प्रदेशस्तरीय अनुगमनको समीक्षा तथा राष्ट्रिय महिला आयोगसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

    दिउँसो २:१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्ध’ विषयमा छलफल गरिनेछ।

    यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लामा गरिएको अनुगमनको समीक्षा गरिने समितिले जनाएको छ।

    त्यसैगरी, बिहान ११:३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन’ प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट