logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • तिहार सक्किएसँगै मकवानपुरका किसानलाई धान भित्र्याउने चटारो

    892Shares
    तिहार सक्किएसँगै मकवानपुरका किसानलाई धान भित्र्याउने चटारो

    हेटौंडा । तिहार सकिएसँगै मकवानपुरका किसानहरु नियमित कामकाजमा फर्कन थालेका  छन् ।

    भाइटिकाको भोलिपल्टदेखिनै हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका लगायत क्षेत्रका किसानहर धान भित्र्याउन खेतमा व्यस्त हुन थालेका हुन् ।

    केही किसानले तिहारअघिनै धान भित्रयाइसकेका छन् भने केही धान भित्र्याउने चटारोमा छन् ।

    दिनहुँजसो पानी पर्ने संभावनाका कारण पनि किसान चिन्तीत बन्नुपरेको मकवानपुरगढीका किसान उत्तम सापकोटा बताउँछन् । खेतको धान भित्रयाएपछी तोरी, आलु, तरकारीहरु, मकै समेत किसानले लगाउने गरेका छन् ।

    पानी परे भित्र्याउने अवस्थाको धानमा क्षति पुग्छ भनेर उनीहरू तिहारको टीका लगाएर धान भित्रयाउन खेतमा खटिएका हुन् ।

    बिहानै खेतमा पस्ने किसान अहिले धान काट्न, झाँट्न र भित्रयाउन व्यस्त छा् ।वर्ष भरको खर्च जुटाउने मुख्यबालीभएकाले घरै सुनसान हुने गरी खेतमा व्यस्त हुनुपरेको किसान बताउँछन् ।पाकेको बाली त्यत्तिकै राख्दा झरेर जाने हुन्छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट