काठमाडौँ। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ।
संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन, २०८१/८२ प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सभासमक्ष पेश गर्नेछिन्। प्रस्ताव स्वीकृत भएपछि उक्त विधेयक प्रतिनिधिसभामा औपचारिक रूपमा प्रस्तुत गरिने कार्यसूची रहेको छ।
यसका साथै, ‘नेपाल विशेष ऐन, २०४२’ को साविकको व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया