logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • विदेशी मुद्राको विनिमयदर: आज कुनको भाउ कति ?

    751Shares
    विदेशी मुद्राको विनिमयदर: आज कुनको भाउ कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर दुई सय तीन रुपैयाँ ५९ पैसा र बिक्रीदर दुई सय चार रुपैयाँ ३९ पैसा तथा स्वीस फ्राङ्क एकको खरिददर एक सय ९३ रुपैयाँ ८३ र बिक्रीदर एक सय ९४ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर एक सय आठ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय नौ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर एक सय ९० रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय १० रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय १९ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४३ पैसा र बिक्रीदर ४० रुपैयाँ ५९ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा तोकिएको छ । मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैया ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६४ पैसा र बिक्रीदर २३ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ९४ रुपैयाँ ६२ पैसा र बिक्रीदर पाँच सय ९६ रुपैयाँ ६१ रहेको छ ।

    बहराइन दिनार एकको खरिददर चार सय दुई रुपैयाँ ३९ पैसा र बिक्रीदर चार सय तीन रुपैयाँ ९८ पैसा तथा ओमानी रियाल एकको खरिददर तीन सय ९४ रुपैयाँ ०५ पैसा र बिक्रीदर तीन सय ९५ रुपैयाँ ६१ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
    -रासस



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट