logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • थापाथलीस्थित सुकुम्वासी बस्तीमा रहेकाहरू धमाधम सामान ओर्सादै

    724Shares
    थापाथलीस्थित सुकुम्वासी बस्तीमा रहेकाहरू धमाधम सामान ओर्सादै

    काठमाडौं । काठमाण्डौको थापाथलीमा रहेको सुकुम्वासी बस्तीमा रहेकाहरूले सामान अन्यत्र सार्न थालेका छन् । सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरूले अहिले सामान सारिरहेका छन् ।

    प्रहरीले हिजो बेलुकादेखि नै माइकिङ गरेर अतिक्रमित बस्तीबाट अन्यत्र सर्न अनुरोध गरिरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले भोलि बिहान ६ बजेदेखि क्षेत्र खाली गरिने भन्दै त्यसअघि नै बस्ती छाड्न आग्रह गरेको हो ।यसैबीच सुकुम्वासी बस्ती खाली गराउने निर्णयविरुद्ध थापाथलीमा सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ । सुकुम्वासीले आफूहरूलाई न्याय दिनुपर्ने भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

     



    फास्ट न्युज    
  • २०८३ बैशाख ११, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट