logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना

    763Shares
    करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना

    काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ । सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत अभिव्यक्ति दिएको भन्दै क्यानले करणलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको एक खेलमा प्रतिबन्ध र १०० प्रतिशत ‘म्याच फी’ जरिवाना जरिवाना गर्ने निर्णय गरेको हो । क्यानको निर्णयसँगै नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप क्रिकेटमा खेल्दै आएका उनले आज सुदूरपश्चिम प्रदेशसँगको खेल गुमाएका छन् ।

    करणले हिजो सामाजिक सञ्जालमा ‘यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला ?’ भनेर लेखेका थिए । करणको यो अभिव्यक्तिप्रति नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स सङ्घले आपत्ति जनाएको थियो । त्यसपछि हिजै करणले आफ्नो अभिव्यक्तिप्रति माफी मागेका थिए ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट