logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • जय ट्रफी एलिट कप क्रिकेट: गुल्सन झाले ५ विकेट लिए

    934Shares
    जय ट्रफी एलिट कप क्रिकेट: गुल्सन झाले ५ विकेट लिए

    काठमाण्डाै – जय ट्रफी एलिट कप क्रिकेटमा मधेश प्रदेश पहिलो पारीमा १ सय २९ रनमा अलआउट भएको छ । वीरगञ्जमा नेपाल पुलिस क्लबसँगको तेस्रो खेलमा मधेश पहिलो दिनको खाना समयपछि १ सय २९ रनमा समेटिएको हो ।

    टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मधेशका लागि मयन यादवले सबैभन्दा धेरै ५९ रन बनाए । पुलिसका गुल्सन झाले ५ विकेट लिए । अहिले पुलिसले पहिलो पारीको ब्याटिङ शुरू गरेकाे छ ।

    यस्तै जय ट्रफी एलिट कप क्रिकेटकाे चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेश खेलिरहेका छन् । जनकपुरमा पहिलो पारीको ब्याटिङ गरिरहेको आर्मीले याे समाचार तयार पार्दासम्म ४३ ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएकाे छ ।

    प्रतियोगितामा चार वटा टोली छन् । यसअघि भएका दुवै खेल बराबरीमा सकिएको थियो । यसअघि आर्मी र पुलिस तथा मधेश र बाग्मतीबीच खेल भएको थियो । बराबरीसँगै बाग्मती १५ अङ्कसहित तालिकाको शीर्ष, मधेश १५ अङ्कसहित दोस्रो, पुलिस १५ अङ्कसहित तालिकाको तेस्रो र आर्मी १४ अङ्कसहित पुछारमा छ ।

    प्रतियोगितामा प्रारम्भिक चरणका खेल दुई दिवसीय फर्म्याटमा गरिएको छ । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ पुष २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट