logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित

    1.3KShares
    एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित

    काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।नेपालले आज भएको खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो।मलेसियाको कोजल टुन्कु जाफर ओभलमा मंगलबार नेपालले जापानलाई नौ विकेटले हराएको हो ।यो जितसँगै नेपालले ४ अंक जोडेको छ । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो ।

    नेपालका लागि सिवान्स बजगाईँले अविजित ३८ र प्रसिद्ध जोशीले अविजित ३३ रन बनाए । जापानका केइसीइ कोबायशी डोगेटले एक विकेट लिए । त्यसअघि मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जापान ३४ ओभर तीन बलमा अलआउट भयो ।

    जवाफमा नेपालले ८१ रनको लक्ष्य १४.२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो।नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो।

    यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोली सहभागी छन्। नेपाल समूह ‘ए’ मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै रहेको छ। नेपालले अब तेस्रो खेल २९ जुनमा इन्डोनेसिया विरुद्ध खेल्नेछ।



    फास्ट न्युज    
  • २०८२ असार १०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट