logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार

    898Shares
    खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने  निष्कर्षमा सरकार

    कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृती दिने निर्णय गरेको छ । यो निर्णयसँगै यसअघि बिदामा आएका नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुलेको छ ।

    पहिलेदेखि कार्यरत नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिने निर्णयले केही राहत भएको छ । मध्यपूर्वमा विकसित युद्धका कारण यसअघि गएको फागुन १७ गतेदेखि ती देशको श्रम नवीकरण रोकिएको थियो । पछिल्लो समय ती देशमा देखिएको अस्थिर अवस्था, सुरक्षा जोखिम तथा अनिश्चितताको कारण यस्तो निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने श्रम नवीकरण नदिने यसअघिको निर्णय यथावत् छ । वैदेशिक रोजगार विभागका अनुसार गएको माघसम्म नयाँ र पुरानासहित ७० हजार ५ सय ३ जनालाई रोजगारीका लागि श्रम स्वीकृति दिइएको थियो ।

    तीमध्ये ४८ हजार २ सय २६ जनाले मध्य पूर्वका १२ देशमा जान श्रम स्वीकृति लिएका थिए । नेपाली श्रमिकको प्रमुख ५ गन्तव्य देशमध्ये ४ देश कुवेत, यूएई, साउदी र कतार हुन् ।

    गएको फागुनमा विभागले नयाँ र पुरानो गरेर ५२ हजार जनालाई श्रम स्वीकृति दिएको छ । सरकारले तनाव बढेका मध्यपूर्वका देशमा अनावश्यक यात्रा नगर्न तथा अत्यावश्यक बाहेकको यात्रा स्थगित गर्न पनि आग्रह गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र ४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट