logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • टी-२० विश्वकपको ‘ट्रफी टुर’ नेपालमा हुने

    1.1KShares
    टी-२० विश्वकपको ‘ट्रफी टुर’ नेपालमा हुने

    काठमाडाें । आगामी सन् २०२६ फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकप प्रतियोगिताको ‘ट्रफी टुर’ नेपालमा हुने भएको छ।

    नेपाल क्रिकेट संघ (क्यान) ले आज (बुधबार) विज्ञप्ति जारी गरी टी-२० विश्वकपको ट्रफी टुर कार्यक्रम आगामी जनवरी ५ देखि ७ सम्म नेपालमा हुने जानकारी दिएको हो।

    यद्यपि यसको सम्पूर्ण विवरण, तालिका, स्थान र गतिविधिसम्बन्धी जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने प्रवक्ता छुम्बी लामाले उल्लेख गरेका छन्। टी-२० विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा सञ्चालन हुनेछ।

    जसमा नेपाल पनि सहभागी हुँदै छ। नेपालले आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। नेपाल बंगलादेश, इङल्यान्ड, इटाली र वेस्ट इन्डिज रहेको समूहमा छ।

    फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा बंगलादेशसँग खेल्ने तालिका छ। विश्वकपमा सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष २ टोलीले सुपर ८ मा स्थान बनाउने छन्। सुपर ८ बाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल मार्च ८ मा हुनेछ।



    फास्ट न्युज    
  • २०८२ पुष १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट