काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन्। त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे खेल सुरू हुनेछ।
विराटनगरले लगातर तीन खेलमा जित हासिल गरेको छ। उसको अंक ६ पुगेको छ भने तालिकामा दोस्रो स्थानमा कायम छ। यस्तै, चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ।
तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया