logo

२०८२ फाल्गुन २४ आईतवार

logo
  • २०८२ फाल्गुन २४ आईतवार
  • नारायणगढ–मुग्लिन सडक सञ्चालन

    928Shares
    नारायणगढ–मुग्लिन सडक सञ्चालन

    मुग्लिन (चितवन), । पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाकामना–५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवागमन अवरुद्ध भएको थियो ।

    सडक विभागको मेसिनले पहिरो पन्छाएपछि बिहान १०ः२५ बजेदेखि दुईतर्फी रुपमा यातायात सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । उक्त सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । रासस



    फास्ट न्युज    
  • २०८२ कार्तिक १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार