logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • आजका लागि यसरी तोकियो विदेशी मुद्राको विनिमयदर

    976Shares
    आजका लागि यसरी तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ २७ पैसा र बिक्रीदर १८९ रुपैयाँ सात पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ आठ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ पाँच पैसा र बिक्रीदर १०० रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९० पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६८ पैसा कायम भएको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट