logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • विद्युत पूर्वाधारमा लगानी गर्नको लागि कर लगाइएको हो: अर्थमन्त्री वाग्ले

    724Shares
    विद्युत पूर्वाधारमा लगानी गर्नको लागि कर लगाइएको हो: अर्थमन्त्री वाग्ले

    काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिजुलीको पूर्वाधारमा लगानी गर्नको लागि बिजुलीको उपभोगमा थोरै कर लगाइएको बताएका छन् । आइतबार पत्रकारहरूसँग अन्तरक्रिया गर्दै थोरै मात्रै रकम संकलन गरिएको उनले बताए ।

    ‘२०/३० युनिटसम्म त फ्री नै भइहाल्यो, ५० युनिटसम्म कर लाग्दैन, ५१ देखि १५० युनिटसम्म हाम्रो १२ लाख घरधुरी रहेछन्, औसत सहरी वा अर्धसहरी घरधुरी जसले पानी तान्ने पम्प, सामान्य विद्युतीय उपकरण र सामान्य खाना पकाउन बिजुली प्रयोग गर्छन् । उनीहरूको बिलमा १५० युनिट खपत गर्ने ५ प्रतिशतको भ्याटले जम्मा २४ रुपैयाँ बढ्ने हो’, उनले भने ।

    अर्को १५१ देखि २५० युनिट खपत गर्ने २ लाख जति भएकोमा उनीहरूलाई २५ देखि सय रुपैयाँसम्म पर्ने उनले बताए । ५० युनिटसम्मको फ्री दिइएको हुँदा ५ प्रतिशत कसैको पनि नपुग्ने उनले बताए । उनले पछिका दिनमा भ्याट बापत लाग्ने रकम मूल्यमा नै समायोजन हुनसक्ने पनि बताएका छन् ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट