logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    967Shares
    आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ चार पैसा र बिक्रीदर १७१ रुपैयाँ ७५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ दुई पैसा र बिक्रीदर १८७ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रुपैयाँ चार पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ चार पैसा र बिक्रीदर १०६ रुपैयाँ ४८ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११५ रुपैयाँ आठ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ एक पैसा र बिक्रीदर २१ रुपैयाँ नौ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६७ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

    साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ छ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ सात पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २२ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३० पैसा कायम गरेको छ । बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट