logo

२०८३ श्रावण २० बुधबार

logo
  • २०८३ श्रावण २० बुधबार
  • समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ साना बचतकर्ताले पाए बचत फिर्ता

    745Shares
    समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ साना बचतकर्ताले पाए बचत फिर्ता

    काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्न थालेको छ।

    समितिका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना गरी कुल ४२ जना बचतकर्ताले पहिलो चरणमा आफ्नो बचत रकम फिर्ता पाएका छन्।

    सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकमबाट नै पीडित बचतकर्तालाई बचत फिर्ता गरिएको जनाएको छ।

    समितिका अनुसार पहिलो चरणमा न्यून बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका साथ रकम फिर्ता गरिएको हो। आगामी चरणहरूमा बचत रकमको आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिने समितिले जनाएको छ।

    समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमका आधारमा सम्बन्धित सहकारीका बचतकर्तालाई कानुनी व्यवस्था बमोजिम निरन्तर बचत फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको समितिले स्पष्ट पारेको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट